अब दुई पांङ्ग्रे सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा परासीबाट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट दुईपाँङ्ग्रे (मोटरसाइकल र स्कूटर) सवारी चालक अनुमति पत्रको लिखित परिक्षा पाइने भएको छ । यातायात कार्यालयले शुक्रवारदेखी परीक्षा लिन शुरु गरेपछि नवलपरासी आसपासका नागरिकलाई निकै सहज हुने भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल (नाथु)ले चालक अनुमति पत्रको परीक्षा शुभारम्भ गर्दै नवलपरासीका विभिन्न क्षेत्रमा आफू नेतृत्वमा हुँदा उठाएका विषय विस्तारै पुरा हुँदै गएको बताउनु भयो । प्रदेश सभा सदस्य जयसवालले आफु यातायात क्षेत्र र उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा जिल्लामा यातायातको चौतर्फि पहुँच विस्तार गर्ने र नवलपरासीलाई औद्योगिक करिडोर बनाउने सपना पुरा हुँदै गएको बताउनु भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य जयसवालले इच्छा शक्तिले नै विकासलाई डोर्‍याउने भन्दै समग्र विकासमा जनता र रास्ट्रलाई केन्द्र बिन्दुमा राख्नु पर्ने जैसवालको भनाइ छ ।

ADVERTISEMENT

कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्मालगायतले बोल्दै सवारी अनुमति पत्र (लाइसेन्स) वितरणमा विचौलियाको अन्त्य हुनु पर्नेमा जोड दिनुभएको थियो ।

दुई पांङ्ग्रे सवारी चालक अनुमति पत्रको परीक्षाको शुभारम्भ ५० जनाको लिखित परिक्षाबाट शुरु भएको यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासीका कार्यालय प्रमुख श्याम कुमार पौडेलले बताउनुभयो । उहाँका अनुसार अब आइतबारदेखि विहिवारसम्म सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाट भर्ने साथै लिखित र ट्रायल प्रत्येक साताको शुक्रवार लिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?