दलितको घर भत्काएको आरोपमा तीन जना पक्राउ

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरु माथि जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज