भोजपुरमा भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर अभियान  सुरु गरिएको छ ।  माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सर्कुलर अनुसार भोजपुरमा बृहत नागरिक हस्ताक्षर अभियान भएको हो ।

सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गर्नका लागि भोजपुरमा पनि हस्ताक्षर अभियान गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । नागरिक हस्ताक्षर अभियान ब्यापकरुपमा सहभागिता देखिएको छ । त्रिभुवन बिश्व विद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पस र सदरमुकामको चेङमेनी चोकमा संचालन भएको हस्ताक्षर अभियानमा दुई हजार सात सय बढीले हस्ताक्षर गरेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

नागरिकबाट संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत गृह मन्त्रालय र नेपाल सरकारलाई पठाइने अखिल क्रान्तिकारी भोजपुरका उपाध्यक्ष मौसमचन्द्र राईले जानकारी दिनुभयो । देशभरबाट भएको नागरिक हस्ताक्षर अभियानले भ्रष्टाचार न्युनीकरण र सुशासनका लागि दवाब दिएको आयोजक संस्थाका पदाधिकारीहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज