गौर । गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र बिभाजित भएको छ ।
उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी बिभाजित भएको हो ।
जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नभएको प्रस्टाउनुभएकाे छ । गौरमा केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरू भए पछि त्यसमा आफ्नो पार्टीको संलग्नता नरहेको उहाँको भनाई छ ।
‘आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, बिज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उहाँले बिज्ञप्ति जारी गर्दै भन्नुभएकाे छ, ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपुर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’
आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भए पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो । ६ दलीय सत्तारुढ गठबन्धनले गरेको साह बिरूद्दको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिए पछि भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाउनु भएकाे हाे ।
तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरु सहभागी छन ? भन्ने उहाँले बिज्ञप्तिमा भने खुलाउउनुभएकाे छैन ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts