गुल्मी । गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । अबिरल वर्षाका कारण बुधबार बिहान करिब १०:४५ बजेको समयमा जिल्लाको मदाने गाउँपालिका-२, भेडिखोर निवासी मुक्तबहादुर घर्तीको घर भत्किदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार टिनले छाएको ढुङ्गा माटोले बनेको दुई तले कच्चि घरको पुर्व तर्फको भित्ता भत्किदा उक्त घरको पिडिमा बस्नुभएका घर्तीका १२ वर्षीय छोरी करिस्मा घर्तिको बाहिरी चोटपटक नदेखिएको भित्रि चोट लागेको अवस्था सामान्य छ ।
त्यस्तै, उहाँका ९ वर्षीय छोरा हिक्मत घर्ति मगरको टाउकोमा चोट लागेको अवस्था सामान्य र छिमेकी देउवा परियारको छोरा अन्दाजी १० वर्षीय अम्मर परियारको टाउकोमा चोट लागेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तिनै जना घाईतेलाई उपचारको लागी मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts