तम्घासमा एचए र फिजियोथेरापी तीन वर्षे कार्यक्रम सञ्चालन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको तम्घासमा रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणपत्र तहको एचए र फिजियोथेरापी तीन वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटिबाट मान्यता प्राप्त यस शिक्षालयमा शैक्षिकसत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा हेल्थ एसिस्टेन्ट (एचए) र प्रमाण पत्र तह फिजियोथेरापी तीन वर्षे कार्यक्रम सञ्चालन गर्न लागिएको तम्घास टेक्निकल शिक्षालयका अध्यक्ष शेर बहादुर थापाले जानकारी दिनुभयो ।

अहिले प्रमाणपत्र तह सामान्य चिकित्सा हेल्थ एसिस्टेन्ट (एचए) र प्रमाण पत्र तह फिजियोथेरापी तीन वर्षे कार्यक्रम सञ्चालन गर्नको लागि अनुमति प्राप्त भइसकेको छ । यसका लागि शिक्षालयले अहिले भर्ना समेत खुला गरेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

विगत २५ वर्ष देखि यस शिक्षालयमा अनमी तथा सिएमए कार्यक्रम सञ्चालन रहेको थियो । तर पछिल्लो तीन वर्ष यता स्तरोन्नती गर्ने क्रममा शिक्षालय बन्द थियो । यहाँ रोल्पा, डोल्पा, मुगु, जुम्लालगायतका जिल्लाबाट समेत अध्ययनका लागि आउने गरेको उहाँले बताउनुभयो ।

यस शिक्षालयबाट उत्पादित करिब ६० प्रतिशत जनशक्ति सरकारी सेवामा सेवारत रहेका छन् । भने ३० प्रतिशत विद्यार्थी नीजि क्षेत्रमा कार्यरत छन् । यहाँबाट उत्पादित जनशक्ति हाल जिल्लाको पालिका तथा हेल्थ पोष्टहरुमा, स्वास्थ्य संयोजक तथा कार्यालय प्रमुखको रुपमा धेरै सेवारत रहेको अध्यक्ष थापाले बताउनुभयो । हालसम्म यस शिक्षालयबाट तीन हजार बढी जनशक्ति तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज