भेन्टिलेटर संचालनका लागि सरकार गुहार्दै जिल्ला अस्पताल

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम् नवलपरासीको सदरमुकाम परासिमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालले भेन्टिलेटर सञ्चालन गर्ने सरकारलाई गुहारिरहेको छ । भेन्टिलेटर सञ्चालन गर्नेका लागी बिगत २ बर्ष देखी लुम्बिनी प्रदेश सरकार गुहाररिरहेको छ ।

पृथ्वी चन्द्र जिल्ला अस्पतालमा पाच आइसियु बेड सहितको दुईवटा भेन्टिलेटर छन तर दक्ष जनशक्तिको अभावले प्रयोग विहीन अवस्था रहेको छ्न । लुम्बिनी प्रदेश सरकारले जनशक्ति व्यवस्थापन नगरिदिदा उपकरण प्रयोग बिहिन बनेका छन् ।

सङ्घीय सरकारबाट आर्थिक बर्ष ०७८–०७९ मा कोरोना महामारीका समयमा देशभरका जिल्ला अस्पतालहरूलाई आइसियु सहितको भेन्टिलेटरका लागि बजेट बिनियोजन भयो थियो । सोही बजेटबाट ई–टेन्डर मार्फत खरिद गरिएको करोडौँ मूल्यका उपकरण यतिकै थन्किएका छन् । अहिले जिल्ला अस्पतालमा भेन्टिलेटर भएपनि दक्ष जनशक्ति नहुदा प्रयोग गर्ने नसकिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नरुल होदाले बताउनु भयो । उहाँ भन्नु हुन्छ(“संघीय सरकार मार्फत उपकरण त आयो तर यसलाई सञ्चालन गर्न दक्ष जनशक्ति आएन । हामीसँग पनि दक्ष जनशक्ति नै छैन त्यसैले भेन्टिलेटर संचालनमा ल्याउन सकेका छैनौं ।”

आइसियुमा रहेका बिरामीलाई किर्तिम श्वास प्रश्वासका लागि भेन्टिलेटर जरुरी हुन्छ । तर हामी संग भेन्टिलेटर भएर पनि सञ्चालन गर्ने नसक्दा पनी प्रयोग हुन नसक्दा गम्भीर प्रकृतिका बिरामीहरूलाई बुटवल, भैरहवा र नारायणगढ पठाउनु पर्ने बाध्यता रहेको होदाको भनाइ छ ।

ADVERTISEMENT

अस्पतालमा आएको भेन्टिलेटर सञ्चालनका लागि अस्पतालले विभिन्न पहल गरेपनि हालसम्म संचालन हुन नसकेको अस्पतालका सुचना अधिकारी छम बहादुर कअधिकारीले बताउनु भयो । अधिकारी भन्नुहुन्छ 'हामीले अस्पताल व्यवस्थापन समितिमार्फत विभिन्न पहलहरु गर्‍यौ तर पनि भेन्टिलेटर सञ्चालन गर्न सकेका छैनौं । बिगत २ बर्ष देखी हामीले दक्ष जनशक्ति मागेका छौ तर अहिले सम्म पाउन सकेका छैनौं ।' जिल्ला अस्पतालले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री परिवर्तन हुँदा पिच्छे नै दक्ष जनशक्तिको माग गरिएको अधिकारीको भनाइ छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनशक्ति व्यवस्थापन गर्ने नसक्दा भएका उपकरणहरू प्रयोग विहीन अवस्थामा छन । समयमै उपचार नपाएर बिरामीको ज्यानै जान सक्ने जोखिम उतिकै बढ्दो छ ।

अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर नियमित रुपमा सञ्चालनको लागि कन्सल्टेन्ट डाक्टर, ५ जना फिजिसियन डाक्टर, १ जना एनेस्थेसियोलिष्ट, ५ जना मेडिकल अफिसर र कम्तीमा २५ जना नर्सिङ स्टाफ आवश्यक रहने डाक्टर होदाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज