डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा जिल्लामा संघिय तथा प्रदेश गरि २५ प्रतिशत बजेट रकम फ्रिज भएको छ ।
संघिय सरकार मातहतका जिल्लाका सात स्थानीय तह तथा सरकारी कार्यालयहरुको साधारण खर्च ५ अर्ब ५ करोड ९९ लाख ९४ हजार मध्ये ४ अर्ब ५८ करोड ३७ लाख २८ हजार ४८३ अथवा ९७ दशमलब ५८ खर्च भए पनि पुँजिगत तर्फको कुल बजेट २४ करोड ९८ लाख ८ हजार ३५८ मध्ये १२ करोड १३ लाख ७८ हजार ५०४ अथवा ४८ दशमलब ५८ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
प्रदेश चालु तर्फ ४८ करोड ७९ लाख १० हजार ४२० र पूँजिगत तर्फ १ अर्ब ९९ करोड ९६ लाख ८ हजार ४७६ गरि जम्मा गरि ३ अर्ब १४ करोड ५८ लवाख ८० हजार ३१५ मध्ये कुल खर्च २ अर्ब ४८ करोड ७५ लाख २७ हजार ८९६ अथवा ७९ दशमलब ०७ प्रतिशत खर्च भएको प्रदेश लेखा ईकाई कार्यालय डडेल्धुराका कार्यालय प्रमुख चेतराज जोशीले जानकारी दिनुभयाे ।
जिल्लामा संघिय ईकाई र प्रदेश ईकाईबाट विकास निर्माणका लागि प्राप्त हुने रकम रु. २ अर्ब ८० करोड ४९ लाख ९३ हजार मध्ये २ अर्ब १२ करोड ८ लाख ८६ हजार ९८० अथवा ६८ करोड ४ लाख ६ हजार २० रकम (७५ दशमलब ६१ प्रतिशत) मात्र खर्च भएको हो ।
आर्थिक वर्ष २०७९/०८० को कुल बजेट कार्यान्वयन गर्ने क्रममा गत पौष मसान्त समम संघिय मातहतको पूँजिगत खर्च १० दशमलब ४५ प्रतिशत र प्रदेश मातहतको १० दशमलब ०८ प्रतिशत मात्र खर्च रहेकोमा आर्थिक वर्षको अन्तिम सम्म पनि कुल बजेटमा विकास बजेटमा अपेक्षित खर्च हसन नसक्दा करिब २५ प्रतिशत रकम फ्रिज भएको तथ्यांकले देखाएको छ ।
समयमै बजेट निकासा नहुँदा समयमै कामको प्रकृया नै थालनी नहुने भएकोले खर्च तथा भुक्तानी पनि नहुने तर अन्तिम चौमासिकमा गएर एकै पटक अषाढमा शतप्रतिशत कामको प्रगति देखाउने प्रबृतिले खर्च पनि पुरा हुने मात्र नभई गुणस्तर र आर्थिक पारदर्शितामा समेत प्रश्न उठ्ने गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts