म्याग्दीको राखु भगवतीमा ‘एक घर एक धारा’

Read Time = 5 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिले भन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रुपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा– २ राखु पखटोलकी लक्ष्मी खत्रीले बताउनुभयो ।

घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ आवश्यक पर्दा प्रयोग गर्न सहज भएको छ भने समयको पनि बचत भएको उहाँले भन्नुभयो । “बिहानै उठेपछि पानीको लागि भाडा बोकेर समुदायको धारामा जाने अवस्था एक घर एक धाराले परिवर्तन ल्याइदिएको छ”, खत्रीले भन्नुभयो, “अहिले आँगनमा नै पानीको धारो छ, आवश्यक पर्दा प्रयोग गरे भैगो, समयको बचत हुँदा घरको सरसफाई, खेतीपाती र भैँसीलाई समय दिन थालिएको छ ।”

एक घर एक धाराले विपन्न, दलित घर परिवारलाई घरमै पानी पुग्नाले दैनिकीमा सहज गराएको छ भने पहुँचवालाको घरमा जडित ब्यक्ति गत धारामा पुगेर पानी लिनुपर्नै बाध्यतालाई पनि हटाएको छ । गण्डकी प्रदेशको क्रमागत योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले २०७५/०७६ मा सूरु गरेको चिमखोला भगवती पिप्ले वृहत खानेपानी आयोजना अन्तरगत २०७९/०८० मा (चारबर्ष) योजना सम्पन्न भएको चिमखोला भगवती बृहत खानेपानी आयोजना निर्माण समितिका सचिव सोमबहादुर भण्डारीले बताउनुभयो ।

क्रमागत योजना अन्तरगत चारबर्षमा ५२६ धारा घर–घरमा निर्माण गरी २०७९÷०८० मा ५१६ धारामामा मिटर जडित खानेपानी वितरण गरिएको आयोजनाका सचिव भण्डारीले बताउनुभयो । “आयोजना अन्तरगत ५१६ धारामा पानी वितरण भएको छ। चारवटा नयाँ ट्याङ्की र पुराना ट्याङकीमा पानी संकलन गरेर पानी वितरण गरिएको छ।” उहाँले जानकारी दिनुभयो । “ धारापानी मुहान अन्तरगत आएको पानीलाई साभाmापानीमा १४० घरमा वितरण गरिएको छ भने घट्ट मुहानमा लिएको पानीलाई दूईवटा नयाँसहित तीनवटा ट्याङकीमा संकलन गरेर ३७६ नयाँ धारामा पानी वितरण गरिएको छ।”

ADVERTISEMENT

आगामी दिनमा यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आमभेला मार्फत वडामा छलफल गरेर समितिमार्फत की वडामार्फत संचालन गर्ने विषयलाई टुङ्ग्याउन पर्ने सचिव भण्डारीले बताउनुभयो। ‘बर्खामा पानी प्रशस्त हुन्छ तर हिउँदमा पानी सबैको घरमा सहज रुपमा पु¥याउने किसिमले योजना बनाउन बृहत छलफल वडामा आवश्यक छ ।’

भगवतीमा क्रमागत योजन अन्तरगत ३ करोड ५१ लाख बजेटमध्ये २ करोड ४१ लाख रुपैयाँ लागतमा ५१६ धारा, चारवटा ट्याङकी, मिटर, पाईप लगायतको सामाग्री खरिद गरेर समितिमार्फत घरघरमा खानेपानीको धारा पु¥याईएकोे खानेपानी, जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका डिभिजन प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो। ‘‘योजना सम्पन्न गरेर समितिलाई जिम्मा लगाएका छौ, समितिलेनै ‘एक घर एक धारा’ अभियानालाई प्रभावकारी रुपमा संचालन गर्ने योजना बनाउन आवश्यक छ ।”

त्यस्तै रघुगंगा– २स्थित रुईसेटोलमा खानेपानी सुधार अन्तरगत २०७९/८० मा ५१ वटा धारा निर्माण गरिएको छ यसलाई यसबर्षमा पूर्णता दिएर मिटर जडित खानेपानी घरघरमा वितरण गरिने डिभिजन कार्यालयका सवईन्जिनियर धनेश शाहले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिका– २ र ३ वडाका जनतालाई लक्षित गरेर सुरु गरिएको बृहत् चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजना कार्यान्वयनमा ढिलाई हुदाँ वडानम्वर २ र ३ मा जडित ‘एक घर एक धारा’मा हिउँदको समयमा खानेपानी समस्या हुने देखिएको छ। मुहान सुनिश्चित भएको एक दशक वितिसक्दापनि संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले योजनालाई कार्यान्वयनमा विभिन्न बाहाना बनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज