किसानको सारथी बन्दै गौमुखी कृषि सहकारी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । वि.सं. २०६४ सालमा गलकोट सदरमुकामको हटिया बजार स्थित शिवालयको चौरबाट शुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल सहकारीमा गनिन्छ । सहकारीको लक्ष्य, मुल्य र मान्यताबाट परिचालित गौमुखी सहकारी अहिले आफ्नै सुविधा सम्पन्न भवन, आफ्नै कृषि फर्म र आफ्नै हाट बजार छ ।

सहकारीमार्फत कृषि उपजको बजारीकरणका लागि सहकारीले आफ्नै सवारीसाधन समेत खरिद गरेको छ । बचत तथा ऋण कारोवार, रेमिट्यान्टस, गौमुखी कृषि फर्म, कृषि उपजको बजारीकरण गर्दै आएको सहकारीले किसानको कृषि उपजलाई बजारीकरणको ग्यारेन्टी गर्ने उद्देश्य कृषि हाट बजार सञ्चालनको अन्तिम तयरीमा जुटेको छ ।

गलकोट नगरपालिका–३ सिमखेतमा हालै आफ्नै भवनबाट सञ्चालित गौमुखी कृषि विकास सहकारीले चार रोपनी जग्गा भाडामा लिएर २०७४ सालदेखि व्यावसायिक तरकारी खेति गर्दै गौमुखी कृषि विकास सहकारीका अध्यक्ष शिव कुमारी खत्रीले बताउनुभयो ।

‘२०६४ सालमा शिवालयको चौरमा झोलामा बचत संकलन गरेर शुरु गरेको सहकारीको आफ्नै घर, आफ्नै कृषि फर्म, आफ्नै हाट बजार र आफ्नै कृषि उपजको बजारीकरण गर्ने आफ्नै सवारी साधन छ’ खत्रीले भन्नुभयो, ‘ठूलो संघर्ष र मेहनतका कारण कृषि सहकारी यो अवस्थामा आइसकेको छ, हामीले किसानले उत्पादन गरेको कृषि उपजलाई हाट बजारमा ल्याएर विक्री गराउने लक्ष्य लिएका छौ, हाट बजारमा विक्रि नभएको कृषि उपज सहकारीले खरिद गरेर बजारीकरण गर्छ, कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि गलकोटका किसानहरु उत्साहित भएका छन् ।’

अहिले गौमुखी कृषि विकास सहकारीको गलकोट नगरपालिका–६ किम्बोटमा चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती छ । तरकारी खेतिकालागि पाँच वटा अत्याधुनिक हाइटेक प्रविधिका प्लाष्टिक टर्नेलहरु स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ । टर्नेलमा टमाटर, काउली, बन्दा, साग, बोडी, सिमि लगायतका मौसमी तथा बेमौसमी तरकारी खेति हुँदै आएको छ । गत वर्ष मात्रै सहकारीले आफ्नो फर्ममा उत्पादन गरेको तरकारी विक्रि वापत सात लाख आम्दानी गरेको थियो ।

सहकारीले गौमुखी कृषि फर्म सञ्चालनका लागि भाडामा जग्गा लिइएको छ । उक्त जग्गाको वार्षिक ३६ हजार भाडा तिरेर तरकारी खेति गरिदै आइएको गौमुखी कृषि विकास सहकारीले जनाएको छ ।

ADVERTISEMENT

सहकारीले कृषि उपजलाई बजारको ग्यारेन्टी गर्ने नै मुख्य लक्ष्य रहेको भएपनि बचत तथा ऋण र रेमिट्यान्सको समेत कारोबार गर्दै आएको गौमुखी कृषि विकास सहकारीका प्रबन्धक खिम बहादुर शाहनीले बताउनुभयो ।

शाहनीका अनुसार सहकारीले महिला किसान संग बढी कारोबार गर्दै आएको बताउदै कृषि उपजका लागि समेत ऋण लगानी गर्दै आएको छ । सहकारीले एक करोड ५० लाख लगानीमा हटियाको सिमखेतमा सहकारीको नाममा जग्गा खरिद गरेर दुई तले पक्की भवन निर्माण गरेको छ ।

१० जना कर्मचारी रहेको सहकारीमा कृषि उपज संकलन कक्ष र बजारीकरणका लागि यातयातको समेत सुविधा रहेको छ । ‘महिलाले नेतृत्व गरेको सहकारीमा ७० प्रतिशत महिला सहभागिता छ, सहकारीमा एक हजार ८०० शेयर सदस्य रहेका छन्’ सहकारीका प्रबन्धक शाहनीले भन्नुभयो, ‘सहकारीले किसानको कृषि उपजको बजारीकरणको जिम्मा लिन थालेका छौं, साउनदेखि कृषि हाट बजारको सञ्चालन गर्नेछौ, भाडाको जग्गामा १३ वटा सटर बनाएर हाट बजार सञ्चालनका लागि तयारी थालिएको छ, हाट बजारमा किसानले कृषिउपजको बजारीकरण गर्नेछन् विक्रि नभएको कृषि उपज सहकारीले खरिद गर्नेछ ।’

सहकारीमा हाल एक करोड ९८ लाख शेयरपूँजी रहेको छ भने शौलियत व्याजदरमा किसानलाई ऋण लगानी गरिदै आइएको छ । सहकारीले हाल १७ करोडको वार्षिक कारोबार गर्दै आएरहेको छ । हटिया बजारको शिवालय चौरमा बसेर महिनाको तीन दिन कारोबार गर्ने सहकारीले अहिले कृषि उपजको संकलन र बजारीकरणमा जिल्लाकै अब्बल सहकारीको रुपमा मान्यता पाउदै आएको छ ।

सहकारीका अध्यक्ष शिव कुमारी खत्री कृषि विकास सञ्जाल महासंघ बागलुङको अध्यक्ष समेत भइसक्नुभएको छ । सहकारीले कृषि क्षेत्रको उत्पादन बढाउनका लागि प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा किसानलाई सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज