भुवन चैत्य बसुन्धरा पुरस्कार घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । विशिष्ट चलचित्रकर्मीद्वय यादव खरेल तथा नीर शाहलाई २०७८ तथा २०७९ सालको हरिश-भुवन चन्द पुरस्कार प्रदान गरिने भएको छ । भुवन चैत्य बसुन्धारा फाउण्डेशनका अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा बसेको बैठकले खरेल तथा शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बैठकले विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७८ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार अर्पण गर्ने निर्णय पनि गरेको फाउण्डेशनका महासचिव मोहन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तै विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७८ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण-बसुन्धरा भुसाल पुरस्कार अर्पण गर्ने निर्णय भएको छ ।

ADVERTISEMENT

विसं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली कला, संस्कृति र संगमञ्च गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत-पत्र अर्पण गर्दै आएको छ ।

पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ रहेको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी अर्पण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *