काठमाडौं । चलचित्र कलाकार संघले अभिनेता सारुक ताम्राकारको निधनको विषयलाई लिएर सामाजिक सञ्जाललगायत विभिन्न अनलाइनमा आएका समाचार र भनाइबारे गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यान आकृष्ट भएको जनाएको हो ।
संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्व. शारुक निधन हुनुभन्दा अघिल्लो दिनसम्म ‘हृयास्ट्याग माया’ चलचित्रमा अभिनय गरिरहनु भएको थियो । स्व.शारुक सिंगो चलचित्र क्षेत्रमै कामप्रति लगनशील, सालिन र भद्र अभिनेताको रुपमा परिचित हुनुहुन्थ्यो । स्व.शारुकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानविन हुनुपर्दछ भन्ने आवाज उठिरहेकाले सो विषयमा गहिरो छानबिनगरी सत्य तथ्यलाई प्रकाशमा ल्याइदिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल चलचित्र कलाकार संघका सदस्यसमेत रहनुभएका अभिनेता शारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायांकनको क्रममा भएका घटना र सन्दर्भ विभिन्न अनलाइनमार्फत् अभिव्यक्ति गर्नुभएकाले सो सम्बन्धमा पनि छानविन गर्ने निकायले अनुसन्धान गरी यदि कोही दोषी देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts