काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसीविरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलमा देखाउन पत्राचार गरेको छ । बोर्डले चलचित्र हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघलाई औपचारिक पत्र काट्दै हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न बोर्डले निर्देश गरेको हो ।
बोर्डले आ.व.२०७९/८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ । बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ । यो सामग्रीमा प्रियंका कार्की, रुवि श्रेष्ठ, डिक्की गुरुङलगायत कलाकारले अभिनय छ ।
यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको बोर्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।






