काठमाडाैं । सिन्धुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदैँ छ । ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा भएसँगै जिल्लालाई घोषणा गरिने भएको हो ।
आइतबार ३१ असारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीले जानकारी दिनुभयो । ‘जिल्लाका नौँ वटै पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा भइसकेका छन्, अब जिल्लालाई घोषणा गर्ने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो ।
१६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई तालिकाअनुसार लगाउनु पर्ने १३ प्रकारका सबै खोप लगाई सकेपछि पालिकालाई घोषणा गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नौ वटा पालिकाका ७९ वटै वडामा रहेका १४ हजार ३९२ जना बालबालिकालाई बिसिजी, पेन्टा, घोपा, पोलियो बिरुद्धको खोप, रुबेला, टाईफाईड बिरुद्धकोलगायतका सबै खोप लगाई पूर्ण खोप सुचिश्चितता गरिएको छ । सोही आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
पूर्ण खोप लगाउने बालबालिकाहरुमध्ये कमलामाई नगरपालिकामा तीन हजार ५८८ जना, दुधौली नगरपालिकामा तीन हजार ३७१ जना, सुनकोसी गाउँपालिकामा ६५८ जना, मरिण गाउँपालिकामा एक हजार ५६९ जना, गोरञ्जोर गाउँपालिकामा ९४२ जना, हरिहरपुरगढी गाँउपालिकामा एक हजार ८९ जना, तीनपाटन गाँउपालिकामा एकहजार ५७४ जना, फिक्कल गाँउपालिकामा ७६३ जना र घ्याङलेख गाउँपालिकामा ८३८ जना रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements