कहिले बन्ला त फेवा खोलामा पुल ?

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins
इलाम । इलामको माङसेबुंग गाँउपालिका–१ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी गुड्ने गरेपनि बर्खामा भने यातायातको साधन ठप्प बन्ने गरेको छ ।
वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीय ठाकुर प्रसाद गड्तौलाको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी झोलुङ्गे पुलबाट खोला वारपार गर्न बाध्य भएका छन् । भने मोटसाइकल समेत त्यही पुलबाट तारनुपर्ने बाध्यता रहेको छ ।
‘सधैं आशा मात्रै’
दुई वडा जोड्ने गाउँ नजिकैको फेवा खोलामा पुल बनाइदिन एमाले नेता सुभाशचन्द्र नेम्बाङलाई पटक पटक आग्रह गरेको बर्षौ भयो । नेम्बाङ्गले पनि पुल बनाईदिने आस्वासन दिनुभयो । यो आस्वासन दिनुभएको अझै सम्झना रहेको गड्तौला बताउनुहुन्छ । गड्तौला भन्नुहुन्छ,
‘नेताले जितेर गए तर माङसेबुंगलाई बिर्शिए चुनाब लाग्ने बेला आउछन् तर जितेर गएपछि यहाँका नागरिकको पिडा भुल्छन् त्यसैले पनि अहिले सम्म हामीकाहाँ समस्या जस्ताको त्यस्तै छ ।’
यो इलामको संघिय निर्बाचन क्षेत्र नंबर २ मा पर्दछ भने यहि निर्बाचन क्षेत्र बाट पटक पटक जितेर गएका एमाले नेता सुभाशचन्द्र नेम्बाङ सभामुखसम्म बन्न भ्याउनुभयो तर आफ्नो निर्बाचन क्षेत्रको नागरिकको सामान्य समस्याको अझै सम्म समाधान गर्न भने भ्याउनुभउको छैन् ।
अहिले पनि नेम्बाङ्ग यहि क्षेत्रको प्रतिनिधित्व गर्दै ससद भबनमा हुनुहुन्छ तर यहाँका नागरिको आवाज त्यो संसद भबनमा पुग्न नसकेको स्थानियको गुनासो रहेको छ ।
‘हामीलाई सम्झदैन्न’
यहाँका नागरिक तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकाय देखि हालको गाँउपालिकासम्म पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् तर अहिलेसम्म पुल निर्माण हुने छाटकाट भएको देखिदैन । फेवा खोला वर्षातका तिन महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । खोला बारीपारिका गाँउका धेरै विद्यार्थी, कर्मचारी यही खोला बारपार गरेर बिध्यालय, कार्यालय जानुपर्ने बाध्यता रहेको छ ।
‘यहाँ पुलको माग गर्दागर्दै अघिल्लो पुस्ताले जीवन बिताए’, स्थानीय टिकाराम खुलालले भन्नुभयो, ‘पहिला झोलुङ्गे पुलको कुरा थियो । अहिले मोटरेबल पुलको चर्चा छ । पूरा हुने कहिल्यै होइन ।’
दुवै गाउँ जोड्न केही वर्षअघि सडकको ट्र्याक खोली इभाङ तर्फ कालोपत्रे भएको छ तर त्यो कालोपत्रे सडकको बर्खामा निकाश नहुदा औचित्यहिन बन्न पुगेकोे छ । सडक कालोपत्रे भयो अब मोटरेबल पुल निर्माण हुनेमा स्थानीयवासी आशावादी थिए । तर, अहिले सम्म पुलको चर्चा कतै नहुदा त्यहाँका नागरिक निराश बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?