बझाङमा जेसिबी दुर्घटना : चालक घाइते

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा जेसिबी दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ ब्याँसिमा आज बिहान जेसिबी दुर्घटना भएको हो ।

ब्याँसिबाट काम गरेर भाँडेबजार तर्फ जादै गरेको बा ३ क २३३५ नम्बरको जेसिबी आज बिहान सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

घाइते हुनेमा चालक नुवाकोट जिल्लाका २८ वर्षिय युवराज तिमिल्सेना रहेका छन् । उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज