मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेकाे आरोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बारा । मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराको महागढीमाई नगरपालिका १०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका १० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए । ‘अहिले कानुनले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन्,ु  उहाँले भन्नुभयो, ुतर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’

उजुरीकर्ता कानुनले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर, कानुनले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाउनु भयो ।

ADVERTISEMENT

अंशका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिनुभएको हो।

कपाली गरी लिएको रकम पटक पटक ताकेता गरि माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरुले हालेको मुद्दा आफूहरुले जितेको उहाँले बताउनु भयो ।

‘तर, सरकारले पछिल्लो समयमा मिटरब्याजीविरुद्ध अध्यादेश ल्याएपछि केही प्रहरीको मिलिमतोमा उल्टै संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरिएको छ,’  गुप्ताले सुनाउनु भयो ।
-न्यूज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?