काठमाडौं । राजनीतिज्ञ, मानव अधिकारकर्मी एवं स्रष्टा समीर नेपालका दुई कृतिहरू ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ एकसाथ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकहरू मञ्जुल, एस्पी कोइराला, गीता त्रिपाठी, हरि गौतम, लेखकलगायतले सामुहिक रूपमा लोकार्पण गर्नुभएको हो ।
भोजपुरको पोखरेमा जन्मिनुभएका नेपालले साहित्य, मानव अधिकार अभियान्ताको भूमिकाको हिसाबले पुर्याएको योगदानबारे लोकार्पण समारोहमा चर्चा गरिएको थियो । सार्वजनिक कृतिहरूमाथि डा.गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।






