नगर सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस सहमहामन्त्री पाण्डे तम्घास आउँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे गुल्मीको सदरमुकाम तम्घासमा आउनु हुने भएको छ । सहमहामन्त्री पाण्डे शुक्रबार तम्घासमा आउन लाग्नुभएको हो ।

“सुदृढ लोकतन्त्रका लागि बदलिएको काँग्रेस” भन्ने मुल नारासहित नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको आयोजनामा हुन लागेको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा सहमहान्त्री पाण्डे तम्घासमा आउन लाग्नुभएको छ ।

ADVERTISEMENT

दोस्रो नगर सम्मेलनलाई सफल बनाउनका लागि नगरपालिका भित्रका सबै क्षेत्रीय प्रतिनिधि, वडा सभापतिसहित पदाधिकारी तथा सदस्यहरु, नगर सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरु, टोल सभापति, क्रियाशील सदस्य सबै सहभागी हुने नगर सभापति जयश्वर पन्थीले जानकारी दिनुभयो ।

सम्मेलनमा पार्टीका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, जिल्ला सभापति खिलध्वज पन्थी, लुम्बिनी प्रदेश सदस्यसहित जिल्लाका शिर्ष नेताहरुको समेत सहभागिता रहने नेपाली काँग्रेस नगर कार्यसमितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज