भोजपुर । धान रोपाईमा सहभागी हुन गृह जिल्ला भोजपुर पुग्नु भएका संस्कृती, पर्यटन तथा नागरिक उडययनमन्त्री सुदन किरातीको अग्रसरतामा भोजपुर बजार क्षेत्रको सरसफाई गरिएको छ ।
सरसफाई अभियान निरन्तर जारी राख्नु भएका मन्त्री किरातीले अहिलेको शनिबार भने भोजपुरमा सरसफाई अभियान गर्नु भएको हो । मन्त्री किरातीसहितको टोलीले अस्पताल, पाँचघरे टोल, डाँडागाउँ क्षेत्रमा सरसफाई गरेको छ ।
अभियानमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, टोल सुधार समितिका पदाधिकारी, हेभेन्लिपाथलगायत संघसंस्थाहरुको सहभागिता रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता