कृषकलाई प्रोत्साहन गर्न पालिकाको दुध मिसन कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरकोे टेम्कैमैयुङ गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ दुध मिसन कार्यक्रम संचालन गर्ने भएको छ । आफनो १४ औ गाउँसभामा प्रस्तुत नीति कार्यक्रममा पालिकाले यस्तो कार्यक्रम पनि समावेश गरेको हो ।

अन्य पालिकाहरुले आफना नीति कार्यक्रममा यस्तो कार्यक्रम समावेश नगरेको भए पनि आफुहरुले भने यसलाई गौरबको योजनाकारुपमा समावेश गरेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “कार्यक्रममा कृषकलाई पनि प्रोत्साहन गर्न हामीले दुध मिसनको कार्यक्रम समावेश गरेका हौ, यसले कृषकलाई पनि हौसला मिल्छ ।”

भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिका छन ती मध्ये टेम्केमैयुङ गाउँपालिकाले तीनै सरकारको बजेटबाट पालिका स्तरमा दुग्न संकलन केन्द्र संचालनसहितको कार्यक्रम ल्याएको हो । जिल्ला भित्रको नौ वटा स्थानीय तहको भन्दा फरक निती तथा कार्यक्रम रहेको छ गाउँपालिका अध्यक्ष सरोज बस्नेत भन्नुहुन्छ, “गाउँपालिकामा उत्पादन भएको दुध बेचेर पालिकाको आर्थिक अवस्थालाई सुधार्ने योजनाले यो कार्यक्रम निर्माण गरिएको हो” । यसमा दुध मिसनको लागि पालिकाले चिलिङ सेन्टर, दुध डेरीको स्थापना गर्ने लगायतका रहेका छन ।

ADVERTISEMENT

भोजपुर सदरमुकाममा लामो समय देखि दुध डेरी संचालन गर्दे आउनु भएका रमेश कार्कीले पालिकास्तरमा नै यस्ता कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम आउनु राम्रो भएको बताउनुभयो । कार्कीले भन्नुभयो, “एउटा पालिकाले मात्र होइन कृषकका लागि अन्य नगरपालिका र गाउँपालिकाहरुले पनि यसको सिको गर्नु पर्छ ।”

पहिलो चरणमा गाउँपालिका भित्र रहेका नौ वटा वडामा नै दुध उत्पादन गर्ने कृषक तथा व्यक्ति पहिचान गरिने र सोही अनुसार वडा वडामा दुध संकलन केन्द्रको स्थापना गरिने गाउँपालिकाले जनाएको छ । पालिकामा मुख्य एउटा केन्द्रको स्थापना गरि दुध संस्थानसंगको सहकार्यमा दुध मिसन कार्यक्रमलाई अगाडी बढाईने छ ।

संचालन हुने कार्यक्रमका लागि संघीय सरकारबाट २० लाख, प्रदेश सरकारबाट १५ लाख र गाउँपालिकाबाट ३० लाख गरि यो बर्षलाई ६५ लाखको कार्यक्रम गाउँपालिकामा बनेको छ । आगामी बर्षमा बजेट थप गर्दै मिसन कार्यक्रमलाई दिगो बनाउँदै गाउँपालिकावासीको आर्थिक अवस्था मजबुत बताउँदै लगिने गाउँपालिकाको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?