काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको बिपक्षमा उभिनुभएको छ ।
सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिनुभएको हो ।
‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उहाँले भन्नुभएको छ, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts