जुम्ला । जुम्लाको हिमा गाउँपाकिकाले किसानलाई उत्पादनमूलकमा जोड्नका लागि सातवटै वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्र्रम बजेटमा ल्याएको छ ।
कृषि क्षेत्रप्रति थप आकर्षण गर्नेका लागि गाउँपालिका भित्रका सातवटै वडालाई कृषि पकेट क्षेत्र घोषण गरिने नीति तथा कार्यक्रममा ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।
पालिकाको वडा नं. १ लाई धान पकेट क्षेत्र,आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र,वडा नं. २ को ओदीलाई आलु र लसुन पकेट पकेट क्षेत्र, वडा नं. ३ लाई स्याउ ओखर र फलफुल पकेट क्षेत्र,वडा नं. ४ र ७ लाई गँहू पकेट क्षेत्र, वडा नं. ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र र वडा नं. ५ को बुअ,वाजागाडालाई भेडा,सिमी, र स्याउ पकेट क्षेत्र विकास गरी गरिवीको रेखामुनी रहेका बेरोजगार युवालाई उत्पादनशिल कार्यक्रममा आवद्ध गर्न आवश्यक बजेट सहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।
गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमा निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोग मार्फत अधिकृत वा सो भन्दा माथिका पद धारण गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान कार्यक्रम,पालिका भित्र सार्वजनिक बस सेवा,विद्यार्थीसंग अध्यक्ष कार्यक्रम मार्फत विभिन्न शैक्षिक सुधारका रणनीतिक गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति तथा कार्यक्रमा समावेश गरिएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यायनका लागि छात्रवृत्ति कार्यक्रमा संचालन यो आर्थिक बर्षबाट लागु भई संचालनमा आउने हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । त्यसैगरी हिमा गाउँपालिकाले पालिका भित्रका ५० वर्षदेखी ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ ।
आर्थिक वर्ष २०८०।८१ को निति तथा कार्यक्रमा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभुति गर्नेका लागि उक्त उमेरका पुरुषलाई बिदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्ष २०८०।०८१ मा कार्यान्वयन हुने गरी एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रमा ल्याइएको गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले जानकारी दिनुभयो । सो कार्यक्रमले हिमाका एकल पुरुषहरूलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts