सिन्धुली । नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस, सिन्धुलीले क्याम्पसमा अनलाइन भुक्तानीको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । मंगलबार क्याम्पस प्रमुख तथा प्रशासनलाई ध्यानाकर्षण गराएको हो ।
सिन्धुली सदरमुकाम बाहिर रहेका र अनलाइन कारोबार गर्ने विद्यार्थीलाई क्याम्पस शुल्क भुक्तानीमा समस्या भएको तथा विचौलियाबाट ठगिएकाले अनलाइन बैंकिङ कारोबार प्रणालीलाई कार्यान्वयन ल्याउन ध्यानाकर्षणसँगै माग गरिएको छ ।
विद्यार्थी संघका प्रतिनिधि राजिव थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संसार अहिले डिजिटलाइजेशनको युगमा छ । कारोबारलाई नगदरहित बनाउन विभिन्न बैंकिङ प्रणालीको विकास भएको छ । क्याम्पसमा अनलाइन भुक्तानी प्रणाली (मोवाइल बैंकिङ इसेवा, फोनपे, क्यूआर स्क्यानर लगायतको तत्काल व्यवस्था गर्न ध्यानाकर्षणसहित नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ ।’
यस विषयलाई गम्भिरताका साथ लिई समस्याको समाधान गर्न विद्यार्थी संघको आग्रह छ । क्याम्पस शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सुधार र परिर्वतन गर्नुपर्ने थुप्रै पक्षहरु रहेकोसमेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता