तिला गाउँपालिकाले ल्यायो ४४ करोड ९२ लाख बजेट

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको संक्षेपमा प्रस्ताविक बजेट ल्याएको छ ।

आइतबार नियमित बर्षे गाउँ सभाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गोरीकला बुढाले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ।

उपाध्यक्ष बुढाका अनुसार वित्तीय समानिकरण अनुदान संघतर्फ ९ करोड २७ लाख,वित्तीय समानिकरण अनुदान प्रदेशतर्फ १ करोड ६ लाख ३१ हजार , सशर्त अनुदान संघ चालुतर्फ २७ करोड २९ लाख , सशर्त अनुदान संघ पुँजीगततर्फ १ करोड ५४ बजेट छुट्याइएको उपाध्यक्ष बुढाले निति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको छ ।

ADVERTISEMENT

जसअनुसार सशर्त अनुदान प्रदेश चालुतर्फ ३१ लाख १० हजार र सशर्त अनुदान प्रदेश पुँजीगततर्फ १ करोड १५ लाख ,विशेष अनुदान संघतर्फ २ करोड ५० लाख २८, विशेष अनुदान प्रदेशतर्फ ५४ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

समपुरक अनुदान संघतर्फ१ करोड ३० हजार, समपुरक अनुदान प्रदेशतर्फ १ करोड ८३ लाख र राजस्व बाँडफाँट संघबाट ७ करोड ७२ लाख ४८ हजार ६०० रुपैयाँ र राजस्व बाँडफाँट प्रदेशबाट ३ लाख ५५ हजार ३९३ रुपैयाँ बजेट उपाध्यक्ष बुढाले प्रस्तुत गर्नुभयो । आन्तरिक राजस्व गाउँपालिकाले २६ लाख ४० हजार यो आर्थिक बर्षमा उठ्ने अनुमान गरिएको विनियोजन बजेट बक्तब्यमा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि पशु विकास , लघु उद्यम विकास तथा गरिबी निवारण कार्यक्रम ,समाजिक विकास ,शिक्षा,स्वास्थ्य ,महिला तथा बलबालिका ,सामाजिक सुरक्षा ,खानेपानी तथा सरसफाइ ,सिचाइ ,जलविद्युत ,संचार लाई विशेष प्राथमिकतामा राखेर निति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज