पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

रासस
रासस
Read Time = 1 min

बैतडी । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो ।

सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । पहिरो पन्छ्याइएपछि राजमार्ग सञ्चालनमा आएको र घन्टौँदेखि रोकिएका सवारीसाधन तथा अलपत्र रहेका यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

ADVERTISEMENT

लामो समयको खडेरीपछि मनसुनी वर्षा सुरु भएसँगै पहिराका कारण सडक, विद्यालयलगायतका संरचनामा क्षति पुग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज