सोनिका राईलाई ‘मिसेस डिभा’को उपाधि

Read Time = 3 mins

काठमाडौं । ‘मिसेस डिभा नेपाल-२०२३’को उपाधि धरानकी सोनिका राईले चुम्नु भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा राईले उक्त उपाधि चुम्न सफल हुनुभएको हो । हिमालयन मुभिजद्वारा आयोजित कार्यक्रममा फष्ट रनर अपमा प्रमिला माझी तथा सेकेण्ड रनर अपमा मिना राई हुन सफल हुनुभयो ।

विवाहित महिलाहरूको यो सौन्दर्य प्रतियोगितामा विविध सबटाइटल अवार्डहरू पनि वितरण गरिएको थियो । जसमा विजेता सोनिका राईले मोष्ट इन्टेलिजेन्ट, फष्ट रनर प्रमिला माझीले वेष्ट पर्सनालिटी एवं सेकेण्ड रनरअप मिना राईले मोष्ट एक्टिभ तथा पब्लिक भिडियो च्वाइस आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो ।

ADVERTISEMENT

त्यसैगरी अन्य सबटाइटलतर्फ मिङडोमा शेर्पा मोष्ट कन्फिडेण्ट, वाङमु तामाङ मोष्ट स्मार्ट, बिन्दुमाया सिङ्ताङ मोष्ट डिलिजेन्ट, शुष्मादेवी राई मोष्ट इनर्जेटिक, रञ्जिता थापा वेष्ट फोटोजेनिक, स्वस्थानी योञ्जन मोष्ट डाइनामिक, बुनु राई मोष्ट एट्राक्टिभ र फ्रिदा जोशीले मोष्ट प्लिजेन्टका साथै मोष्ट पपुलरको उपाधि हात पार्न सफल हुनुभएको थियो ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा प्रतियोगीहरूले ओपनिङ डान्स, परिचयात्मक, प्रश्नोत्तर एवं विभिन्न चरणमा आकर्षक प्रस्तुति दिएका थिए । नायक विशाल विष्ट, नायक एवं मोडल मनिष राउत, व्युटिसियन नेपाल-२०१९ एवं सौन्दर्यकर्मी हेमा पुनमगर, मिसेस हिमालयन नेपाल २०२० माया लामा तथा व्युटिसियन नेपाल-२०२३ माया गजमेर निर्णायक रहेको कार्यक्रममा स्पार्कल आर्ट एकेडेमीले विविध नृत्यहरू प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *