नेपाली हलहरूमा चले आजबाट हिन्दी चलचित्र

Read Time = 2 mins

काठमाडौं । नेपाली हलहरूमा आजबाट हिन्दी चलचित्र प्रदर्शन भएका छन् ।

उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशसँगै काठमाडौं महानगरपालिकाले फिल्म हलहरूबाट नगर प्रहरी फिर्ता गरेसँगै हलहरूमा हिन्दी चलचित्र प्रदर्शन भएका हुन् ।

बिहीबार हलहरूमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाउनुभएको थियो । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्रलगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

ADVERTISEMENT

हिजो बसेको चलचित्र संघको बैठकले आजबाट हिन्दी सिनेमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने अदालतको फैसला नमान्ने भन्दै कुनै पनि हालतमा ‘आदिपुरुष’ र हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने बताउनुभएको थियो ।

‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद नहटाएसम्म उक्त सिनेमासहित कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुन नदिने बालेनले बताउँदै आउनुभएको थियो। सोही कारण ‘आदिपुरुष’ प्रदर्शन रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *