प्रेस युनियन खोटाङको अध्यक्षमा पुनः चौंलागाई निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

खोटाङ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा पुनः उत्तम चौंलागाई निर्वाचित हुनुभएको छ ।

सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सातौं जिल्ला अधिवेसन तथा १० औं साधारणसभाबाट चौंलागाई दोश्रो कार्यकालका लागि युनियनको अध्यक्ष चुनिनुभएको हो । चौंलागाई यसअघि २०७५ फागुन २३ गते युनियनको जिल्ला अध्यक्ष चुनिनुभएको थियो ।

जसअनुसार १३ सदस्यीय युनियनको उपाध्यक्षमा चिसाङ शेर्पा र कृष्णकला राई, सचिवमा दिनराज कार्की, सह–सचिवमा योगिन राई र कोषाध्यक्षमा एनिशा राई चयन हुनुभएको छ । सदस्यमा मनोज आचार्य, सुनिल श्रेष्ठ, जीवन राई, मिलन आचार्य, राजकुमार भट्टराई, पुजन राई र कृष्णमायाँ मगर चयन हुनुभएको छ ।

ADVERTISEMENT

बन्दसत्र उद्घाटनपछि प्रेस युनियनका केन्द्रीय सदस्य गोपाल पोखरेलले केन्द्रीय प्रतिनिधिका हैसियतले कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । युुनियनको अधिवेशन प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

युनियनको अधिवेशनको बन्दसत्र उद्घाटनका क्रममा नेपाली कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, अग्रज पत्रकार भीम राई, पत्रकार महासंघका पूर्व अध्यक्ष दमन राई लगायतले शुुभकामना मन्तव्य दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?