बाजुरामा एक वर्षमा ११ पटक भूकम्प, सयौं घर जोखिममा

‘अझै भूकम्पको जोखिममा छन् एक हजार बढी घर’

मान बहादुर बिश्वकर्मा कालिकोट
पटक-पटकको भूकम्पले चिराचिरा परेका घरहरू ।

पटक-पटकको भूकम्पले चिराचिरा परेका घरहरू ।

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । बाजुरामा मात्रै एक वर्षको अवधीमा ११ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरामा एक बर्षमा सबैभन्दा बढी ११ पटक भूकम्प गएको जनाइएको छ ।

माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिका एकजनाको मृत्यु सँगै स्थानीय बिस्थापित भएका थिए । हिमाली गाउँपालिकाको विच्छयाँ केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमाली गाउँपालिका, गौमुल गाउँपालिका सबैभन्दा बढी प्रभाबित भएका थिए । त्यसपछि पनि बाजुरामा पटक पटक भूकम्प गइरहेको छ ।

भूकम्पका कारणले अधिकांशका घरहरु पुरै चिराचिरा परेका छन् । रातको समय धेरै बासिन्दा घर छोडेर खुला आकाशमुनि बस्दै आएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताउनभएको छ । पूर्णरुपमा क्षति भएका परिवारलाई पालको ब्यबस्थापन गरेका छौ, जोखिम परिवारको ब्यबस्थापन भने गर्न नसकेको अध्यक्ष रोकायाले बताउनुभयो ।

गाउँपालिकामा १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । ५ सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएको गाउँपालिकाले जनाएको छ । केही घर भत्किएका छन्, भने अधिंकाश घर पुरै चर्कीएकाले घरनै जोखिममा रहेका छन् । त्यस्तै हिमाली गाउँपालिकामा पनि ४० प्रतिशत बढी घर जोखिममा रहेको पालिकाले जनाएको छ ।

बुढीनन्दा नगरपालिका बडिमालिका नगरपालिकामा पनि धेरै घरहरु भत्किने अबस्था पुगेको पालिकाले जनाएको छ । बाजुरामा पटक–पटक भूकम्प जाने भएकाले बाजुराबासी त्रसित बन्दै गएका छन् । कुनै रात खुला आकाशमुनि बिताउने गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताउनुभएको छ ।

ADVERTISEMENT

बाजुराको हिमाली गाउँपालिका सँगै हुम्लाका ताजाकोट गाउँपालिका लगायतका बासिन्दाका घर जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाका अनुसार सबैभन्दा बढी गौमुल र हिमाली गाउँपालिका जोखिम भएपनि प्रभाबित भने ९ वटै पालिका रहेको बताउनुभयो ।

प्रत्येक पालिका बाट जोखिमको तथ्याङ्क माग्ने काम भइरहेको खड्काले बताउनुभएको छ । एकातिर भूकम्पले घर चिरा चिरा भएका छन्, अर्कोतीर बर्षात सँगै बाढीपहिरो जाने सम्भाबनाले धेरै परिवार बिस्थापितको चरणमा रहेका छन् ।

उसै त बाजुरा बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो, त्यसैमा भूकम्पले घर चिराचिरा बनाएपछि बाजुरा पूर्णरुपमा जोखिममा रहेको जिल्ला समन्वय समिति प्रमुख तुलसिराम रोकायाले बताउनुभएको छ । बाजुरामा पटक–पटक भूकम्प गइरहने भएपनि जनचेतना कार्यक्रम भने कतै भएको पाइँदैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *