काठमाडौं । ‘माउण्ट केटु’ आरोहणमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई आइएमईले साथ दिने भएको छ । श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित आठ हजार मिटरमाथिका पाँच हिमाल आरोहणमा जाँदै हुनुहुन्छ ।
श्रेष्ठको प्रयासलाई सम्मान र साथ दिँदै कम्पनीले सहयोग गर्ने भएको हो । विश्वका सबैभन्दा उच्च १४ शिखर आरोहणको लक्ष्य लिनुभएकी श्रेष्ठले काराकोरमका पाँच विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटु पनि आरोहण गर्न लाग्नुभएको हो ।
७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० देखि सुरु भएको छ । संसारका १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यसाथ उहाँले छ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गर्नुभएकोमा नेपालमा आठ हजार मिटरमाथिका सात हिमाल आरोहण गरिसक्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा