बारा । छिन छिनमा झयाप्प झयाप्प लाइन आउने र जाने क्रम बढेको कलैया उपमहानगरपालिकाका स्थानीयहरुले गुनासो गर्नु भएको छ ।
विगत एक हप्ता भन्दा बढी सयम देखि लाइन यसरी नै छिन छिनमा आउने जाने गरेको र भोल्टेज कम भएको कारण समस्या हुने गरेको कलैया उपमहानगरपालिका १ मोतिबागका नरेश गुप्ताले बताउनुभयो ।
एकातिर टण्टापुरको घाम र घाम सँगै चलेको तातो हावाले दिनभरि पसल र आफनो कारोबार संचालन गर्न समस्या छ, उहाँले भन्नुभयो,‘अर्को तर्फ विद्युत छिनछिमा आउने जाने क्रम लागि रहन्छ जसले गर्दा झनै समस्या भएको उहाँले बताउनुभयो ।
चर्को घाम र तातो हावाका कारण व्यापार व्यवसाय चौपट भएको छ, ग्राहकहरु पातलिएका छन्, दिनभरि व्यापार व्यवसाय जेनतेन गरी संचालन गरे पनि दिनमा भन्दा रातीमा विद्युत अनियमितता झनै बढेको छ, विद्युत अनियमितताले राती घरमा बस्न सुत्न अप्ठयारो भएको उहाँले गुनासो गर्नुभयो ।
हरेक साल गर्मी महिना आउने वितिकै यो समस्या आउने गरेको कलैया उपमहानगरपालिका ६ का नेपाली काँग्रेसका नेता शिवमंगल साहले बताउनुभयो ।
जेठ र अषाढ महिना प्रचण्ड गर्मी त्यसमाथि विद्युत अनियमितता र भोल्टेज समस्याले झनै पिरेलेको उहाँले भन्नुभयो, ‘यस्तो प्रचण्ड गर्मीमा लाइन छिन छिनमा काटिने, आएपनि भोल्टेज नहुने गरेको कारण गर्मी छल्न समस्या हुने गरेको छ । दिनभरि जेनतेन गरि समय काटिन्छ, मानिसहरु आफनो कामममा व्यस्त हु“दा खासै लाइन आउने जाने र भोल्टेजको समस्याको बारेमा थाहा हु“दैन तर राती पर्ने वितिकै छिन छिनमा बत्ती आउने जाने गर्दछ । राती खाना खान र सुत्न समेत समस्या हुने गरेको उहा“ले जानकारी दिनुभयो ।’
छिन छिनमा लाइन काटिदा र भएपनि भोल्टेज नहुँदा नगरवासीहरु हैरान भएको कलैया उपमहानगरपालिका ३ का नेपाली काँग्रेसका नेता प्यारेलाल साहले बताउनुभयो ।
एकातिर छिन छिनमा बत्ती जाने अर्को तिर लामखुट्टेको विगविगीले बस्नै गाह्रो भएको छ, उहा“ले भन्नुभयोे,‘एक चोटी दुई चोटी होइन पचासौ चोटी बत्ती आउने जाने गरेको र बती आएपनि भोल्टेज नहुँदा घरमा बस्न समेत समस्या भएको छ । गर्मीको महिना दिनभरि प्रचण्ड घाम र रातीमा गर्मी त्यसमा पनि बत्ती आउने जाने क्रम हुन्छ । रातीको बेला कहा“ जाने शितलताको खोजीमा कहिले घर बाहिर सडकमा त कहिले छतमा जाने आउने क्रम रातीमा लागिरहेको हुन्छ । त्यसमा लामखुट्टैले झनै पिर दिएको हुन्छ । लामखुट्टेको विगविगीले बाहिर त बाहिर घरमा समेत बस्न सक्ने अवस्था छैन । नगरवासीहरु समस्यै समस्यामा बाचिरहदा समेत सम्बन्धित निकाय मौन देखिएको उहा“ले आरोप लगाउनुभयो । ’
विद्युत वितरणमा हामी कहाँ कुनै समस्या नरहेको नेपाल विद्युत प्राधिकरणको कलैया वितरण केन्द्रका प्रमुख ऋषि कुमार वर्णवालले बताउनुभयो । यो समस्या १३२ केभी ट्रान्समिशनमा नै रहेको छ । परवानीपुर स्थित १३२ केभी ट्रान्समिशन लाइनमा समस्या भएको कारण बती आउने जाने गरेको छ, उहाँले भन्नुभयो,‘एकातिर गर्मी बढेको छ भने अर्कोतिर ओभरलोडको कारण विद्युत आपूर्तिमा असहजता भएको हो । १३२ केभी प्रसारणलाई पुरानो छ, नयाँ निर्माण गर्दा बाधा अवरोधहरु उत्पन्न हुने गरेको छ जसको कारण हेटौडाबाट आउने लाइन मै ओभरलोड देखिएको र त्यहीबाट सिस्टम जाने गरेको उहाँले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता