विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाले विधान अधिवेशनको तयारी गर्न असार ९ गते बिहान १० बजेका लागि बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएका सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो।

ADVERTISEMENT

जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरू छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज