नबिलले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ । डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकसमेत नियुक्ति गरेको छ । बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

ADVERTISEMENT

मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच दुवै पक्षले समझदारी गरेका थिए । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखको उपस्थिति रहेको थियो । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपछि ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?