बाजुरामा चट्याङ लागेर ३१ वर्षीय एक युवकको मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । बाजुरामा चट्याङ लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका-१ का ३१ वर्षीय युवक यमराज बिष्ट रहेका छन् ।

मङ्गलवार साझ अविरल वर्षा सँगै परेको चट्याङ लाग्दा बिष्टको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका थिए । राती करिब ८ बजे भैँसी खर्कमा बसिरहेका बेला नजिकै रहेको रुखमा एक्कासि चट्याङ परेर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घटना घटेको स्थल देउडा पाटन तर्फ प्रहरीको टोली मङ्गलवार राती १ बजे नै गई शव गाउँ ल्याइएको र अरू ठाउँ कहाँ कति क्षति भयो भन्ने बारे विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मङ्गलवार साँझ बाजुरामा हावाहुरी सँगै आएको अविरल बर्षाले स्थानीयको जनजीवन प्रभावित पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?