भोजपुर । सुरक्षित बैदेशिक रोजगार र स्थानीय तहमा प्रभाबकारी तथा दिगो आप्रपासन सेवाका लागि संचालित आप्रवासी स्रोत केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।
ग्रामीण उद्यम तथा बिप्रेषण आयोजना (समुद्धि) इटहरीले आइतवार जिल्लामा कार्यक्रमको आयोजना गर्दे भोजपुरमा संचालन हुदै आएको आप्रवासी स्रोत केन्द्र भोजपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्र मार्फत संचालन हुने गतिबिधीहरु अव नगर मार्फत संचालन हुने छन । उद्योग मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेलाई बिवरण सहितको हस्ताक्षर पत्र हस्तान्तरण गर्नु भयो ।
सोक्रममा बोल्दै सचिव डा. ज्ञवालीले बैदेशिक रोजगारीमा जानेहरुको सहजीकरणका लागि स्थापित केन्द्र पालिकास्तरबाट संचालन हुदाँ थप प्रभावकारी हुने बताउनुभयो । बैदेशिक रोजगारीमा जाने कामदारहरुबाट आएको रेमिटन्यासले बिकास निर्माण कार्य अघि बढेको बताउँदै सचिव ज्ञवालीले समृद्धि आयोजनाले कृषिका साथै उत्पादनमा समेत जोड दिएको बताउनुभयो ।
यस्तै भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले नीति बलियो नहुदाँ कतिपय अनुदानका कार्यक्रमहरु लक्षित बर्गसम्म पुग्न नसकेको बताउनुभयो । अनुदानमा संचालित कार्यक्रमबाट आउने परिणाम उत्कृष्ठ हुन नसकेको भन्दै नीतिका कारण टाठाबाठाले अनुदान लिई रहेको बताउनुभयो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आप्रवासी स्रोत केन्द्रले संचालन गरेका कार्यक्रम प्रभावकारी रहेको बताउँदै केन्द्रसँग समन्वयका गर्दे यसलाई प्रशासन कार्यालयमा राखेर बैदेशिक रोजगारी सम्वन्धी परामर्श लगायतका सेवा संचालनका लागि आफु लागि परेको बताउनुभयो ।
कार्यक्रममा आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाई, सन्तोष कुमार बैद्य, लोकेन्द्र बहादुर रावल, जीवन श्रेष्ठ लगायतले कार्यक्रमले गर्दे आएको र खेलेको भुमिकाका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
आप्रवासी स्रोत केन्द्र भोजपुरका सुचना अधिकृत खगेन्द्र खडकाले भोजपुरमा संचालित कार्यक्रमको उपलब्धीका बारोम बताउँदै हालसम्म बैदेशिक रोजगारी सम्वन्धी बिषयमा दुई हजार छ सय ९० जना महिला र छ हजार छ सय ७१ पुरुष गरी कुल नौ हजार तीन सय ६५ जनालाई परामर्श सेवा दिएको बताउनुभयो । जिल्लाबाट बैदेशिक रोजगारीमा जान नौ पालिका मध्ये बढी षडानन्द नगरपालिकाबाट एक हजार छ सय ९६ जना र भोजपुर नगरपालिकाबाट एक हजार चार सय ९६ जना रहेको खडकाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय रहेको भोजपुर र इलाका प्रशासन कार्यालय रहेको षडानन्द नगरपालिकामा केन्द्रले आफनो कार्यक्रम संचालन गर्दे आई रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts