गेटामा विश्वविद्यालय सुदूरपश्चिमकै आवश्यकता : भीम रावल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमकै आवश्यकता भएको बताउनुएको छ ।

विश्वविद्यालय स्थापनार्थ आन्दोलन चर्किरहेका बेला डा. रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गर्नुभयो ।

ADVERTISEMENT

उहाँ लेख्नुहुन्छ, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनि धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको ? जनताको माग सुदूरपश्चिमकै आवश्यकता हो । तुरून्त पूरा गरियोस्।’

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्तालसमेत गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज