कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।
शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जिप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।
उहाँका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर हुनुभएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहनुभएको छ ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको छ। प्रहरीका अनुसार उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो।
यात्रुलाई गन्तव्यमा पुर्याएर गानीधनीको घरमा जाँदै गर्दा दुर्घटना भएको हो।
दुर्घटनाको कारण भने खुलेको छैन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts