काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदमा रेकर्डवाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताउनुभएकाे छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडा जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाउनु भयाे ।
‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनवाट हटने छैन् ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts