कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सेरा बसपार्कबाट जितेका लागि छुटेको ग ३ च ४६१० नम्बरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर रास्कोट–१ का ४३ बर्षीय मनबहादुर शाही र उहाँको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको छ । सोही जीप दुर्घटनामा रिता सिंह गम्भीर घाइते हुनुहुन्छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको र गाडी सात सय मिटर तल खोलामा खसेका कारणले अन्य जानकारी आउने क्रममा रहेको जनाइएको छ ।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो ।

घाइते रितासिंहको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भए पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?