भोजपुर । सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/०८१ का लागि ल्याएको बजेट भाषणमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको मागलाई सम्बोधन नगरेको भन्दै नेपाल बिद्यालय कर्मचारी परिषदले भोजपुरमा पनि आन्दोलन सुरु गरेको छ ।
नेपाल सरकारले ल्याएको बजेट भाषणमा बिद्यालयमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका मागहरु कुनै पनि सम्वोधन नगरेकाले परिषदको निर्णय अनुसार भोजपुरमा रहेको शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना कार्यक्रम सुरु गरिएको परिषदका भोजपुर अध्यक्ष उषा राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “बिगतमा भएका सम्झौताहरु प्रति सरकार गैर जिम्मेवार बनेकाले दवाबका लागि आन्दोलन सुरु गरिएको हो, हाम्रो मागहरु सम्वोधन नभएसम्म केन्द्रको समन्वयमा आन्दोलन जारी राख्छौ ।”
बर्षो देखि सामुदायिक बिद्यालयहरुमा कार्यरत कर्मचारीहरुको माग पुरा गर्न सरकारले चासो नदिएका कारण धर्ना लगायतका बिरोधका कार्यक्रमहरुमा भोजपुर परिषद पनि ऐक्यबद्धता सहित आन्दोलनमा छ, परिषदका जिल्ला सचिव बिशान्त कुमार हलवाईले बताउनुभयो । सरकारले विद्यालय कर्मचारीलाई गरेको बेवास्ताको कारण आन्दोलन गर्न बाध्य हुनु परेको सचिव हलवाईको भनाई रहेको छ ।
विद्यालय कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३६ हजार सात सय ३०, विद्यालय सहयोगीहरुका लागि २६ हजार दुई सय १० सहित पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने लगायतका मागहरु सहित परिषद बिगत देखि नै आन्दोलमा छ ।
भोजपुरमा पनि बिगत तीन दिनदेखि आफनो माग पूरा गराउन सरकारलाई दबाव दिने उद्धेश्यले कर्मचारीहरुको धर्ना निरन्तर जारी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts