भोजपुरमा वातावरण दिवसमा बृक्षारोपण र हाजिरी जवाफ

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । डिभिजन बन कार्यालय भोजपुरको आयोजनामा बिश्व बातावरण दिवसको अवसरमा बृक्षरोपण तथा हाजिरी जवाफ प्रतियोगिता भएको छ ।

सदरमुकाममा रहेको बिद्योदय माध्यामिक बिद्यालयमा “प्रदुषण निर्मुल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ” भन्ने नाराका साथ वृक्षरोपण कार्यक्रमका साथै माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत संचालन भएको हो ।

ADVERTISEMENT

जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, जिल्ला न्यायधिश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्था प्रतिनिधि, वन कार्यालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीको सहभागितामा कार्यक्रम भएको डिभिजन बन कार्यालय भोजपुरले जनाएको छ ।

बिद्यालय परिसरमा बिभिन्न बिरुवाहरु रोपण गरिएको थियो । भोजपुर नगरपालिका स्तरीय अन्तर माबि हाजिरीजवाफ प्रतियोगितामा यशोधरा मावि टक्सारका कक्षा ९ का हिमाल भुर्तेल र बविता श्रेष्ठ भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज