पुस्तक ‘मेरो देश’ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । होमियोप्याथिक चिकित्सक डा. लेखनाथ न्यौपानेको पुस्तक ‘मेरो देश’को लोकार्पण गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार प्राध्यापक गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो ।

पुस्तकको प्राध्यापक गोविन्द भट्टराई, भुँडीपुरण प्रकाशनका प्रकाशक केशव पराजुली, लेखक डा. लेखनाथ न्यौपानेले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो । डा. न्यौपानेको यो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । यसअघि उहाँले होमियोप्याथिक चिकित्सा प्रणाली, छोरा उपन्यास, हराएका अनुहार तथा कथासंग्रह, स्वस्थ कसरी रहने गरी चार कृति बजारमा ल्याइसक्नु भएको छ ।

कार्यक्रममा बोल्दै लेखक न्यौपानेले पुस्तक १२ वर्ष लगाएर लेखिएको बताउनुभयो। चिकित्सक पेसाको क्रममा देशको विभिन्न ठाउँ घुम्दै जाँदा देशको सौन्दर्यबारे पुस्तक लेख्ने सोच आएको उहाँको भनाइ छ । ‘नेपालको प्राकृतिक सौर्न्दर्य र संस्कृतिबारे बुझेपछि पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

पुस्तकमा बालबालिकाका लागि सामान्य ज्ञान, युवकलाई जागीरसँग सम्बन्धित ज्ञान, घुम्न जाने पर्यटकका लागि आवश्यक जानकारीसहित पूर्वको माइपोखरीदेखि विश्व सम्पदा सूचीमा रहेका सम्पदाको व्याख्यासमेत समेटिएको उहाँको भनाइ छ ।

पुस्तकबारे समीक्षा गर्दै साहित्यकार, लेखक तथा समीक्षक युवराज नयाँघरेले डा। न्यौपानेको कृतिले समग्र नेपाललाई चिनाउने, समग्र नेपालको प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक परिवेश, धार्मिकस्थिति र भूगोलको सुन्दर ढंगले व्याख्या गरेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार तथा न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपाने, फिल्म निर्देशक यादव भट्टराई, प्राध्यापक केशव प्रसाद न्यौपाने, कर्नाखर खतिवडा, खगेन्द्रप्रसाद ढकाल, अग्नि लुइँटेल, इतिहासविद् खेमप्रसाद न्यौपानेलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?