नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले आज राजधानीमा धर्ना दिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आज राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्ना दिन लागेको हो ।

ADVERTISEMENT

पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ ।

यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज