काठमाडौं । यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का केही कलाकार हास्य टेलिसिरियल ‘हल्का रमाइलो’ मा पुगेका छन् । हल्का रमाइलोका दर्शकले ‘वेलकम टु हेम्जाकोट’का कलाकारको विशेष प्रस्तुति हेर्न सक्नेछन् ।
राजु पौडेल, मरिचमान श्रेष्ठको लेखन तथा निर्देशन रहँदै आएको यो टेलिसिरियलमा अघिल्लो शृंखलाभन्दा अलिकति फरक बनाउन निर्देशकद्वय पौडेल, श्रेष्ठले नियमित कलाकार सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सविना आचार्य, सविना गिरीलगायतसँग हेम्जाकोटका अभिनेता विनोद न्यौपाने, दिनेश खड्का, प्रेविल कँडेल, विशाल पहारी, रवि गिरीलाई पनि एकसाथ छायांकन गराउनुभएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’का निर्माता तेजप्रसाद दाहाल हुनुहुन्छ । पोखरा क्षेत्रमा खिचिएको यो चलचित्र पूर्ण कमेडी शैलीमा निर्माण भएको बुझिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts