भोजपुर । नेपाल प्रेस युनियन भोजपुर शाखाको अध्यक्षमा पुनः अर्जुन बस्नेतको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।
जिल्ला सदरमुकाममा भएको ५ औँ जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा उपाध्यक्षहरुमा गोकुल भुजेल, सरिता सुनुवार, सचिव दिबस श्रेष्ठ, सहसचिव एलिना श्रेष्ठ, कोषाध्यक्ष दीपेन्द्र लुईटेललाई सर्वसम्वत चयन गरेको छ भने सदस्यदहरुमा तारा तामाङ, सुस्मा राई र शर्मिला राई चयन हुनु भएको छ ।
सोक्रममा लामो समयदेखि जिल्लामा रहेर प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको साथै श्रमजिवी पत्रकारको पक्षमा भुमिका निर्वाह गरेको भन्दै अग्रज पत्रकार निरोज कोइरालालाई सम्मान समेत गरिएको छ । प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवा, युनियनका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र बान्तवा लगायतले पत्रकार कोइरालालाई सम्मान पत्रबाट सम्मान गर्नु भयो ।
अधिवेशनको उद्घाटन सत्र बोल्नु हुँदै प्रदेश सांसद विनोद बान्तवाले नकारात्मक कुरामा भन्दा सकारात्मक मुलक समाचार सामाग्रीहरुमा पत्रकार क्रियाशिल भएर लाग्नु पर्ने बताउनुभयो । कोशी नामाकरण पश्चात सुरु भएको आन्दोलन संयमित बनाउन र बार्ता मार्फत समाधान खोज्न १४ जिल्लाका कांग्रेस सभापतिहरुले आग्रह गरेको समेत बान्तवाले उल्लेख गर्नुभयो ।
प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र वान्तवाले पत्रकारहरुको हक हितको क्षेत्रमा काम गर्न स्थापित नेपाल प्रेस युनियनले श्रमजिवी पत्रकारहरुको हक हित र संरक्षणका आवाजहरु उठाउँदै आएको बताउनुभयो । उहाँले पत्रकारलाई दक्ष बनाउन २०८० लाई प्रशिक्षण बर्षकारुपमा युनियनले अगाडी बढाएको समेत बताउनुभयो ।
कांग्रेस प्रदेश सदस्य तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पत्रकारहरु राज्यको समेत चौथो अंग भएकाले समाज रुपान्तरण, जनचेतना अभिबृद्धिमा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । यस्तै क्षेत्रिय सभापति तथा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पत्रकारिता पेशलाई ब्यक्तिगत पेशाकारुपमा नलिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । ब्यक्तिको नजिक भएर गरिने पत्रकारिता भन्दा पनि यथार्थ र खोजमुलक पत्रकारिता आवश्यक भएको बताउनुभयो ।
नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारीले विज्ञापन बोर्डले पत्रकारको हकहितमा नै काम गर्ने बताउँदै छापा तथा रेडियोहरुका लागि बिज्ञापन मार्फत सहयोग पुर्याउदै आएको बताउनुभयो । सोक्रममा कांग्रेस भोजपुरका उपसभापति डम्बर कुमार श्रेष्ठ, त्रिवि प्रजातान्त्रीक प्राध्यापक संघका अध्यक्ष बेनु कार्की, नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्ले लगायतका अतिथि बत्ताहरुले पत्रकारले राजनीति बुझनु पर्ने तर राजनीतिक गर्न नहुने धारणा राख्नु भएको छ । यस्तै पत्रकारको काम समाचार लेख्ने भएकाले समाजमा सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्दे समाजको विकासमा लाग्न उहाँहरुले आग्रह समेत गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts