नविल बैंकको शाखा कलैयामा

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । उद्योगी, व्यवसायी र किसानहरुको घर घरमा गएर सेवा दिने उद्देश्यले बारा जिल्लाको सदरमुकाम कलैयामा नविल बैकको शाखा सञ्चालनमा ल्याइएको छ ।

कलैया उपमहानगरपालिकाका प्रमुख विनो प्रसाद साहले विहिवार एक कार्यक्रमका बीच नयाँ शाखाको उदघाटन गर्नु भएको छ ।

बैँकले यस क्षेत्रको उद्योगी , व्यवसायी र किसानहरुलाई बिशेष प्राथमिकतामा राखेर कारोबार गर्नु पर्ने बैकको दुई सय ५५ औ शाखालाई उदघाटन गर्दै प्रमुख साहले सुझाव दिनुभयो ।

प्रमुख साहले बैँकले किसान, व्यवसायी लगायतका वर्गलाई आवश्यकता अनुसार लागनी नगरे बैँक भएको कुनै फाईदा नहुने तर्क दिनुभयो ।

नयाँ खोलिएको बैँकले दिने सेवा र सुविधामा गुणस्तरता भए मात्रै कलैया उपमहानगरपालिका क्षेत्रका व्यापारी, किसान लगायतका स्थानीयहरुले बैँकसँग कारोबार गर्न आउने प्रमुख साहले बताउनुभयो ।

बिहिवार देशभरमा ३८ वटा शाखाको उदघाटन भैरहेको शाखा प्रबन्धक डेजेन्द्र राईले जानकारी दिनुभयो । नबिल बैंकको देशमा जम्मा २५५ वटा शाखा भएको उहाँले जानकारी दिनुभयो ।

स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको बैंकका मधेस प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिनुभयो ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ।

नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

उदघाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,बारा उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार साह,उपाध्यक्ष गोल्डेन साह,कोषाध्यक्ष सन्तोष बुढा,बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डे,बाराका उधोगी ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

फोटो:  बाराको सदरमुकाम कलैयामा नविल बैँकको नयाँ शाखाको उद्घाटन गर्दै नगर प्रमुख विनोद प्रसाद साह ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज