समन्वय प्रमुख सहितको टोलीद्वारा मठमन्दिरको सरसफाई

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिर र आसपासको क्षेत्रको जिल्ला समन्वय समितिका प्रमुख सहितको टोलीले सरसफाई गरेको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे सहितको सहभागीतामा मठमन्दिर सरसफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिद्धकाली मन्दिर, कैलाश मन्दिर तथा गुम्वा सरसफाई गरिएको छ ।

मठमन्दिर सफा राख्ने अभियान अन्तर्गत सवैको सहभागीतामा सरसफाई गरिएको भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण बहादुर मोक्तानले बताउनुभयो ।

ADVERTISEMENT

सरसफाई कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र सुरक्षाकर्मीहरु, नागरिक समाज, उद्योगी ब्यवसायी, कर्मचारी लगायतका गरी करिव एक सयको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज