इलाम । पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्ने वित्तिकै धेरैको सोचमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । मान्छेलाई लोभ्याउने इलाममा चिया बगानसँगै अन्य धेरै स्थान छन् । त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका–५ मा रहेको श्री अन्तु डाँडा। श्री अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ । अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक एवं नेपाल भारतको एक पूर्वी नाका बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् । बाँकी तस्बिरमा
















Video News Post
Breaking News with Advertisements
Breaking news with related posts