लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

ADVERTISEMENT

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा ९२० बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव मगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज